अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ


सर्लाही । हरिवन नगरपालिका ४ स्थित गणेश चोकबाट रौतहट चन्द्रपुर नगरपालिका ७ बस्ने ३२ वर्षीय उदय सहनी र सोही ठाउँ बस्ने ३६ वर्षीय राम एकवाल दासलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँमा ड्युटी खटिएको प्रहरीले ना ५७ प ६५४८ नम्बरको मोटरसाइललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दासले झोलामा लुकाईछिपाई ल्याएको उक्त अवैध लागूऔषध फेला पारी चालक सहनी समेतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।