गीत गाउँदै खर्च जुटाउँदै


सलिम अन्सारी, प्युठान
हे सारा संसार अन्धकार छाउँदा।
आफन्तको साहरा नपाउँदा।
मनमा माया साच्नै मन छैन।
दुवै आँखा नदेख्ने भएर यो संसारमा बाँच्न मन छैन।
रोल्पा नगरपालिका–५ जेदबाङका लोकेन्द्र महरा सधैंभरि यसै गरी गीत गाउँदै बटुवाको ध्यान तान्छन्। बाजागाजासहित उनीसँगै रिघा नगरपालिका–१ बाग्लुङका देव थापा गाउँछन्–

के लाग्छ र जिउँदैमा मरेपछि
मनको आँखा खोली हेरौंला यो जुनी त यस्तै भयो
अर्को जुनी संसार हेरौंला।
प्युठानको जुम्री बजार चोकमा यी दुई दृष्टिविहीन कलाकार यसै गरी आप्mनो मनको पीडा गीतमार्फत सुनाउँछन्। दृष्टिविहीनको दर्जन जति गीत सुनेपछि चोकमा जम्मा भएका स्थानीयले सय पचासका नोट झारे। ठँलो रकम दिन चाहनेले रसिदमा आप्mनो नाम र सहयोग रकम टिपाए। तर, उक्त रकम दृष्टिविहीन उनीहरूले आप्mनै जीविकाका लागि मात्र उठाएका थिएनन्। आफँजस्तै असहायको क्षेत्रमा काम गर्न शुरू गरेका उनीहरूले दृष्टिविहीनहरूको क्षमता अभिवृद्धिका लागि खर्च जुटाएका हुन्। उनीहरू रोल्पा हुँदै यहाँ आएका थिए। उनीहरूले रोल्पामा जलजला दृष्टिविहीन संघ गठन गरेका रहेछन्। उनीहरूले रोल्पामा २ सय ३५ जना दृष्टिविहीन रहेको तथ्यांकसमेत सुनाउन भ्याए।

‘४ वर्ष भयो घर छोडेर गीत गाउँदै हिँडेको’, देव थापाले भने– ‘सडकमै प्रतिभा प्रस्तुत गर्छौं, संकलित रकम आप्mना लागि मात्रै होइन, असहायहरूका लागि खर्च गर्छौं। विरहवेदनाका मात्रै होइन त्यो भन्दा बढी सन्देशमँलक र समाज परिवर्तनका गीतहरू गाउँछौं’, थापाले भने– ‘स्वदेशी गीतमार्फत कार्यक्रम शुरू हुन्छ।’ यी दुई जनाले गला र कलामार्फत सडक र चोकमा हिँडिरहेका मानिसहरूको मन जित्दै जीवन निर्वाह गरिरहेका छन्। ‘हामी दुवै दृष्टिविहीन छौं’, जलजला दृष्टिविहीन संघका अध्यक्ष लोकेन्द्रबहादुर महराले भने– ‘आफै गरेर खान्छौं।’

सरकारले नहेरेपछि गीतसंगीतमार्फत सहयोग जुटाउन घामपानी सहँदै जिल्ला भम्रणमा निस्केको उनले दुखेसो पोखे। दृष्टिविहीनहरूसँग योग्यता र क्षमता भए पनि राज्यले बुझ्न नसकेको बताउँदै महतराले प्रतिप्रश्न गरे– ‘राज्यले हेरेको भए सडकमा बसेर गीत गाउनुपथ्र्यो होला र?’ यसरी संकलित रकम संघको मातहतमा रहने र त्यसैबाट आफँ जस्ता दृष्टिविहीनलाई सीप विकास तालिम प्रदान गर्दै आएको महाराले जानकारी गराए।