‘मह’लाई उछिने ‘खगो’ले


नेपालका सूपरस्टार हास्य जोडी ‘मह’ का दिन अब सकिएको बुझियो । उनीहरुको दिन सक्ने काम अरु कसैले गरेका होइनन्, प्रधानमन्त्री केपी ओली र सञ्चारमन्त्री गोकुल बास्कोटाले यो बहादुरी देखाएका हुन् । मह जोडीले कुनै बेला भनेका थिए, कुनै चिन्तामा डुबेर बाटो हिंडिरहेका बेला पनि मानिसहरु हामीलाई देखेर हाँस्छन्, गाली गरौं– आफ्ना समर्थक, नगरौं– घाउमाथि नुनचुक छर्केजस्तो हुन्छ ।

खगोलाई चाहिं कस्तो अनुभव हुन्छ कुन्नि ? उनीहरुलाई देख्दा धरहरा र यसवरिपरि भेला हुने सबै जनता जनार्दनहरु हाँसिरहेका हुन्छन् । पछिल्लो हाँसो चाहिं भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको ‘हाललाई नेपालीले विषादीयुक्त भारतीय तरकारी खाइदिनुप¥यो’ भन्ने व्यहोराको अनुरोधपत्रसँग सम्बन्धित छ । प्रधानमन्त्री ओली उर्फ ‘खगो’ का ‘ख’ ले भन्नुभएको थियो, ‘कसले पायो भारतीय राजदूतावासले लेखेको पत्र, कसले पायो र पढ्यो त्यसलाई?’ पछि मैले पाएँ भन्दै सञ्चार माध्यमहरु ज¥याकजुरुक उभिए । ‘खगो’ का ‘गो’ अर्थात् गोकुल बाँसकोटाले पनि यही खोके । हुन त ‘ख’ ले जे बोल्छन्, ‘गो’ ले त्यही ‘इको’ गराउने हुन्– पहरोअगाडि उभिएर बौल्दा प्रतिध्वनि हुन्छ नि त्यस्तै । पहरो बिचरो कति सोझो हुन्छ भने, त्यसका अगाडि उभिएर ‘तँ नाथे पहरो’ भन्नु उसले त्यही दोहो¥याउँछ– नाथे पहरो, नाथे पहरो…..पहरो, रो रो !

यी सबै व्यवहार देख्दा कति हाँस उठ्छ कति ? ‘खगो’ का ‘ख’ले पत्र आएको मेरो जानकारीमा छैन, म परराष्ट्रसँग बुझेर यसका बारेमा बताउँछु भनेका भए, सुन्नेलाई कुनै मजा आउने थिएन । उनले हँसाउनकै लागि ‘कसले पढ्यो त्यो’ भनेर पढ्ने मान्छे भेटे भने झापाकाण्ड दोहो¥याउँलाजस्तो गरे, आखिरमा जिठी आएको थाहा पाएपछि ‘ख’ लाई कहाँ गएर मुन्टो लुकाऊँ भएको होला । आफू यस्तो असजिलोमा परेर पनि जनता हँसाउने जस्तो गरिमामय भूमिकामा रहेका प्रधानमन्त्रीप्रति सम्मान गर्न जान्दैनन् मान्छेहरु । जय होस् हाम्रा ‘खगा’ को ।