कालंगा हाईड्रोको काम बन्द, क्षतीपुर्तीसहित दोषीलाई कार्वाहीको माग

0
Shares

ललित सिंह, बझाङ । बझाङको बुंङ्गल क्षेत्रमा विधुत उत्पादन गरि रहेको कालंगा हाइड्रो प्रालीको फिल्ड कार्यालयमा स्थानियहरुले तोडफोड गरि क्षेती पुर्याएपछि प्रालीको काम बन्द भएको छ ।

संचालक तथा फिल्डमा काम गर्ने कर्मचारीहरुले काम गर्न गाह्रो र शान्ति सुरक्षाको प्रत्याभुत नभएको भन्दै पाँच दिन देखी काम गरेका छैनन् । कालंगा हाइड्रोको काम भइ रहेको ९ स्थानमा अहिले काम रोकिएको छ । विगजडामा रहेको २ वटा फिल्ड कार्यालयमा रहेका जेसीवी मेसीन २ वटा टिफर ३ वटा र महेन्द्रा बलेरोजिव १० वटा सहित अन्य

कार्यालयमा व्यापक तोडफोड भएर कम्पनीमा ठुलो क्षेती गरिदिएपछि कम्पनीका सबै मानिसहरु निराश छन् । सोमवार कालंगा हाइड्रो प्रालीका कर्मचारीहरुले पत्रकार सम्मेलन गर्दै घटना र क्षेतीको बारे जानकारी दिएको हो । केहि दिन अगाडी स्थानियहरुको आक्रोसित भिडभाडले तोडफोड गरेर प्रालीमा १५ करोड बराबरको क्षेती भएको प्रालीका प्रमुख प्रशासकिय अधिकृत पुष्प चित्रकारले जानकारी दिनु भयो ।

असार १६ गते हाइड्रो प्रालीका जेसीवी चालक माधब बोहरा लगाएत अन्य व्यक्तिहरुले बुंङ्गल नगरपालीका २ बस्थीकी २० वर्षिया ललिता कुमारी धामीको सामुहिक बलत्कार गरि हत्या भएको विषयलाइ दिएर दोषिलाइ कार्वाहिको माग गर्दै स्थानियले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरिएको हो । आफुहरुको शान्ति सुरक्षा नभएको र कम्पनी कार्यालयमा आक्रमण तोडफोड गर्नेहरु लाइ कार्वाही र क्षति असुलीका लागी प्रालीले माग गर्दै आएको छ ।

जिल्लाकै विकट दुर्गममा काम गरि रहेको कालंगा हाइड्रो प्रालीले घटना भएको दिन देखीनै साइटमा काम बन्द गरेको छ । सधै स्थानियहरु बाट अनावस्यक दुख भोगीरहेको र जिल्लाको प्रहरी प्रशासन साथै राजनिति नेताहरु बाट पनि साथ समर्थन नभएको हुदाँ प्रालीका लगानी कर्ता र कर्मचारीहरुले बझाङमा काम गर्न गाह्रो भएको निचोड निकालेका छन् ।

ललिताको घटना प्रतिहामी दुखीत छौ प्रालीका संचालक विरेन्द्र मल्लले भने दोषिलाइ प्रहरीले समातेर सोहि दिन प्रकाउ गरि उनि सावित भएर मुद्दा अगाडी बढेको अवस्थामा हामी लाइ यसरी किन लखेट्ने प्रयास भयो यो दुखत कुरा हो । बझाडमा यस्तो विधुतको सम्भावना छ यसरी लगानी कर्ताहरु लाइ लखेट्ने प्रायस र प्रहरी प्रशासन र राजनितिक्रमी वाट साथ समर्थन हुदैन भने यहाँ हामी जस्ता लगानी कर्ता कोहि नआउने वताए ।

पिडित परिवारका मानिसहरु हामीले स्थानियहरु लाइ आन्दोलन गरिदिनु होला नभनेको तर स्वस्फुत रुपमा प्रर्दशन भएर तोडफोड भएको वताउन्छन् । समाजका केहि गलतप्रबृतिका मानिसहरुको अगुवाइमा तोडफोड भएकाले दोषिलाइ कार्वाही गरिदिनु पर्ने उनिहरुको माग छ । प्रर्दशन र तोडफोडको प्रालीले भिडियो राखेको छ । असार १९ गते कार्यालय समयमा मृतक ललिता धामीको गाँउ रहेको साविस दहबगर गाविसका स्थानिय मानिस विद्यार्थीहरु प्रर्दनमा आएर तोडफोड गरेका थिए । तर प्रालीका कर्मचारीहरु भने कार्यालयका पछाडीका गेटवाट भागाभाग गरेको उनिहरुले वताएका थिए ।

कम्पनीमा ढुड्गामुढा प्रहार गरि गाडीमोटर कार्यालय भित्र पसेर तोडफोड गरि रहदाँ पनि प्रहरी मुखदर्शक भइ रहेको हुदाँ प्रालीका लगानी कर्ताहरुले प्रहरी प्रशासनवाट पनि साथ सहयोग नपाएको दुखेसो राखेका थिए । कालंगा हाइड्रोले बझाडमा ६५ मेघावाट विधुत उत्पादन गर्ने भएको छ । अहिले हाइड्रोको ६० प्रतिशत काम भइ सकेको छ । यो हाईडे प्रालि निजी क्षेत्रबाट सुदुरपश्चिम प्रदेशकै ठुलो हाइडे प्रालि हो ।