लुुम्बिनी भ्रमण वर्ष सफल पार्न नेपाल र भारतका पत्रकारद्धारा ८ बुदें प्रतिवद्धता जारी

0
Shares

यमलाल भुसाल, बुटवल । नेपाल र भारतका पत्रकारहरुबिच रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा दुवै देशको पर्यटन प्रवद्र्धनका लागि ८ बुदे प्रतिवद्धता जारी गरिएको छ ।

प्रदेश पाँचको सरकारले घोषणा गरेको लुम्विनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन भ्रमण वर्ष सचिवालयको आयोजनामा भएको कार्यक्रममा नेपाल भारतको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमहरुबाट सहयोग पुर्याउने प्रतिबद्धता जारी गरिएको होे ।

दुबै देशका पर्यटक दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन दुबै देशका सरकारलाई आग्रह गर्ने, पर्यटन प्रवद्र्धनका बिषयमा नियमित कलम चलाउने, लुम्विनी, बोधगया, सारनाथ र कुशीनगरलाई समेटेर बुद्ध सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिवद्धता कार्यान्वयनमा लैजान दुबै देशका सरकारसंग माग गर्दै दुबै देशका पत्रकारहरुले मिडिया मार्फत पहल गर्ने, नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थलदेखि भारतका पर्यटकीय शहरसम्म सिधा हवाई सेवा जोडन तथा नौतनहवा रेलवे स्टेशन देखि बोधगया लखनउ,दिल्ली लगायतका शहरहरुसंग सिधा रेल सम्पर्कको वातावरण मिलाउन मिडीयाबाट दवाव श्रृजना गर्ने, दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धतामा उल्लेख गरीएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्विनीमा अन्र्तराष्टिय पर्यटकलाई भित्र्याउन भ्रमण बर्ष घोषणा गरेको जानकारी गराउदै यसलाई सफल बनाउन नेपाल भारतका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।
उहाँले भारतीय पर्यटकका लागि नेपालमा कुनै कठिनाई हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली पर्यटकलाई पनि सहज वातावरण बनाउन भारतका पत्रकारहरुले पनि कलम चलाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सिद्धार्थनगरका नगर प्रमुख हरीप्रसाद अधिकारी,पूर्व बिधायक बिनोद पहाडी, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, डा। गितु गिरी,डिआर घिमिरे,बिष्णु शर्मा,शान्त कुमार शर्मा लगायतले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष सफल बनाउन भारतीय पत्रकारहरुले सहयोग गर्न आह्वान गर्नु भएको छ । कार्यक्रममा भारतका ३२ जना र नेपालका १२ जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।