साउन १ देखि सवारी साधन ग्यारेजमा थन्काउने ट्रक व्यवसायीहरुको चेतावनी

0
Shares

यमलाल भुसाल, बुटवल । ढुवानी व्यवसायलाई मुल्य अभिबृद्धीकर (भ्याट) तथा अनलाईन मार्फत निगरानी गर्ने गरी सरकारले बजेट मार्फत ल्याएको निती अव्यवहारीक भएको भन्दै सो निती नसच्याए ट्रक व्यवसायीहरुले आउदो साउन १ गते देखि सवारी साधन घर ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासघं प्रदेश नम्वर ५ को भैरहवामा बसेको बैठकले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसगं माग समेत गरेका छन् । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायीनै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निकर्ष निकाल्दै यसविरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने निर्णय व्यवसायीले गरेका छन् ।

महासघंका प्रदेश ५ सयोंजक यम प्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अव्यवहारीक निती ल्याउदाँ व्यवसायीहरु समस्यामा पर्ने गरेको जिकिर गर्नु भयो ।

सरकारले ल्याएका हरेक निती व्यवसायीले सहयोग गर्दै आउँदा पनि सरकार अनुदार हुदै जानुले सरकारको नियतमै शंका उत्पन्न हुने अवस्था समेत आएको उहाँले बताउनु भयो । नेपाल ट्रक ब्यबसायी महांसघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा व्यवसायीलाई यो निती लाद्न खोजे साउन एक गतेदेखी लोड बहिस्कार गर्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिनु भयो ।

अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सुचना प्रविधी, दक्ष जनसक्तिको अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन हुने उहाँले बताउनु भयो । लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले सरकारले यथासिघ्र यातायात व्यवसायीका समस्या सम्वोधन गर्नु पर्ने बताउदै व्यवसायलाई धराप पार्ने काममा राज्य नलाग्न आग्रह गर्नु भयो ।

प्रदेश समितिलाई पुर्णता

यसैबिच सोमवारनै बसेको प्रदेश बैठकले प्रदेश समितिलाई पुर्णता दिएको छ । सयोंजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले लुम्विनी ट्रक यातायात व्यवसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, राप्ती ट्रक सयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष यादव शाह, भेरी ट्रक समितिका अध्यक्ष किसन गुरुङलाई पदेन सदस्यमा मनोनित गरिएको छ ।

त्यस्तै महासघंका केन्द्रीय सदस्य लक्ष्मण क्षेत्री, बिरेन्द्र यादव, लक्ष्मण भुसाल र उमेश मजगैयालाई पनि पदेन सदस्यमा मनोनित गरिएको छ । राप्ती ट्रक सयुक्त यातायात व्यवसायी समितिका सचिव खेमजगं बस्नेत, पश्चिमाञ्चलका उपाध्यक्ष खिम बहादुर थापा नारायण, लुम्विनीका महासचिव रुमाखर गौतम, बाणगंगा यातायातका कमल बहादुर क्षेत्री र लुम्विनी साना तथा मझौला यातायात ब्यबसायीका दिनेश थापालाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाट तथा समितिको प्रेस सल्लाहकारमा यमलाल भुसाल र श्यामशंकर पाण्डेलाई नियुक्त गरिएको छ ।