प्युठानमा जीप दुर्घटना, चालकको मृत्यु

0
Shares

प्युठान। प्युठानको सरुमारानी गाउपालिका वडा नम्बर ४ स्थित डाँडापसलमा जीप दुर्घट्ना हुँदा एक जनाको घट्नास्थलमै ज्यान गएको छ ।

रोल्पाको सुलिचौरबाट दाङको घोराही तर्फ जाँदै गरेको पाण्डेस्वरी यातायातको रा १ च ६५८ नम्बरको सुमो दुर्घटनामा परेको प्रहरीले बताएको हो।दुर्घटनामा सोही सुमोका चालक समेत रहेका प्युठान नगरपालिका ९ सालघारीका चन्द्र बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताउनुभयो।

जीप सडक भन्दा चार सय मिटर तल खसेको प्रत्यक्षदर्शीको भनाई छ। सुमो मर्मतका लागि रोल्पाबाट खाली आएको बुझिएको छ।