पञ्चशीलको एटीएम कार्ड सेवा शुरु


ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पञ्चशिल एटिएम कार्डको शुरुवात गरेको छ । एससिटी नेटवर्क संगको सहकार्यमा शुरु भएको एटिएम कार्ड सुविधा अन्तर्गत संस्थाका सदस्यहरु ले पञ्चशील एटिएम कार्ड मार्फत नेपाल राज्यभर रहेका एससिटि नेटवर्क तथा युनियन पे मार्फत २ हजार २ सय भन्दा बढी एटिएम बुथ बाट रकम निकाल्न सक्नेछन । एटिएम कार्डको शुभारम्भ
गर्दै सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलले सहकारी संस्थाले एटिएम कार्डको शुरुवात गर्न खुसीको विषय भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुखअतिथि कडेल र एससिटिका प्रबन्धक दिपेश मास्केले संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडालाई एटिएम कार्ड हस्तान्तरण गरि एटिएम शुरुवात गर्नुभएको थियो । कार्यक्रममा पञ्चशिलका कार्यकारी अध्यक्ष खतिवडाले बिसं २०५६ सालमा दर्ता भई
निष्क्रिय रुपमा रहेको संस्थालाई २०६४ साल बाट सक्रिय गराई नया व्यबस्थापनकोसाथ अगाडि बढाएको जानकारी गराउनुभयो । संस्थाको चालु आव को असार १९ सम्ममा कूल वित्तिय कारोवार १ अर्ब ८५ करोड गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरु लाई घर दैलो सेवाका साथै अत्याधुनिक प्रविधिको प्रयोग गरी गत आ.व. ०७४/०७५ मा मोबाइल एसएमएस बैंकिङ लगायत इ सेवा मार्फत विविध सेवा प्रदान गर्दै आएको छ । आ.व. ०७५/०७६ को शुरुवातमास्मार्ट बैंकिङ शुरुवात गरेको थियो ।