जाजरकोटलाई आर्गनिक जिल्ला बनाउने लक्ष्य

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।  जाजरकोटलाई आर्गनिक जिल्ला घोषण गर्नका लागी कृषि ज्ञान केन्द्र जाजरेकाटले कृषिका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरेको छ । कर्णाली प्रदेश सरकारको कर्णाली प्रदेशलाई आर्गनिक प्रदेश निर्माण गर्ने लक्ष्य लिएकोले जाजरकोटको कुशे गाउँपालिकाहरुमा आर्गनिक मोडेल कृषि उत्पादन वनाउन कार्यक्रमहरु अगाडी वढाएको छ ।

आर्गनिक वस्तु उत्पादनको लागी पहिलो आधार गाई भैसीको मल मुत्र व्यवस्थित गरी कृषि क्षेत्रलाई विस्तार गर्न चालु आर्थिक बर्षमा कुशे गाउँपालिकामा भकारो सुधारको कार्यक्रम संचालन गरेको छ । प्राङ्गगारिक मलले आर्गनिक वस्तु उत्पादन तथा उत्पादकत्वमा बृद्धी हुने भएकाले एक घर एक भकारो सुधार वनाउन लागेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्र वहादुर रोकायले वताउनु भयो ।

आगामी वर्ष कुशेका सवै वडाका घरधुरीमा भकारो सुधारको कार्यक्रम गरी सक्ने भएको छ भने कुशे गाउँपालिका प्रवेश गर्ने प्रवेश द्धार पाचँकाटीया, झाप्रा लगाएतका स्थानमा होरिङ्ग बोर्ड निर्माण गरी आर्गनिक मोडेल क्षेत्र प्रबेश गर्ने अतिथिहरुलाई स्वागत सहितको वोर्ड राखी आर्गनिक क्षेत्र घोषणा गर्ने प्रमुख रोकायले बताउनु भयो ।

भकारो सुधारसगसगै कृषि सडक, विउ विजन लगाएत करेसावारी निर्माण गर्न कृषकहरुलाई प्रोत्साहन गरी आर्गनिक वस्तु उत्पादनमा जोड दिने कृषि ज्ञान केन्द्र जाजरकोटले लक्ष्य लिएको प्रमुख रोकायले वताउनु भयो । कर्णाली प्रदेशका १० जिल्लाका एक पालिकामा कार्यक्रम लागु गर्ने लक्ष्य लिएको प्रदेश सरकारको निति तथा कार्यक्रमले जाजरकोटको कुशे गाउँपालिकालाई आर्गनिक कृषि मोडेल कार्यक्रम संचालन गरेको हो ।

कुशे गाउँपालिकामा भकारो सुधारको लागी अनुदान रकम, विउ विजन लगाएत वितरण गरेको वताउदै भटमास, कोदो वदाम खेतिलाई प्राथमिकता दिने भटमासबाट तेल निकाल्नको लागी सहकारी मार्फत मिल स्थापना गरेको छ ।

कुशे गाउँपालिकाले आगामी वजेट कृषि क्षेत्रलाई प्राथमिकता दिएर आर्गनिक वस्तु उत्पादनमा बृद्धि गरी गाउपालिकालाई आर्गनिक क्षेत्र वनाउने लक्ष्यका साथ आवश्यक रकम विनियोजन गरेको अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनु भयो ।

कुशेका नागरिकहरुको प्रमुख पेशा कृषि भएकोले स्वस्थ वस्तु उत्पादन गरी प्रयोग गर्ने लगाए नागरिक स्वस्थ हुने पर्यटकहरु भित्रयाउने सकिने वताउदै नागरिकहरुलाई धेरै रोगहरु खानपानले गर्दा हुने भएकोले आर्गनिक वस्तु प्रयोग गर्र्दा रोगहरु निर्मुल हुने भएकोले सक्रिय साथ लागेको अध्यक्ष वस्नेतले वताउनु भयो ।

जनतामा आएको निरासाको खाडल पुर्दै कुशे गाउँपालिकाका नागरिकहरुको हितको लागी नमुना काम गरी आत्मनिर्भर वनाउने लक्ष्य लिएको अध्यक्ष वस्नेतले वताउनु भयो ।