मदिरा विक्रि गरेको अभियोगमा दुई जना व्यापारी पक्राउ

0
Shares

धनवीर दाहाल, रुकुम । मदिरा बिक्री गरेको अभियोगमा दुई जना व्यापारी पक्राउ गरेका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा घरेलु मदिरा विक्रि गरेको अभियोमा आठविसकोट नगरपालिका ९ राडीमा होटेल सञ्चालन गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मदिरा विक्रि गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पठाइएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

मदिरा मुक्त घोषणा भैसकेको नगरपालिका भित्र होटेलमा मदिरा विक्रि गरेको भनि उनिहरुलाई पक्राउ गरिएको हो । नगरपालिकाले उनिहरुलाई रु। ४० हजार जरिवाना ताकेको थियो । उक्त जरिवानामा कुरा नमिले पछी आवश्यक कानुनी कार्वाहीका लागी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । यसैविच यस अघी मदिरा सेवन गरेको अभियोगमा दुई जना प्रहरी जवानलाई पनि विभागिय कार्वाही गरिएको थियो । गोतामकोट प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी जवानलाई मदिरा सेवन गरेको भनी विभागिय कार्वाही गरिएको प्रहरी निरिक्षक आचार्यले बताउनुभयो ।

यही असार ९ गत्ते नगरपालिका मदिरा मुक्त घोषणा भैसके पछी मदिरा सेवन तथा विक्रि वितरण गर्नेलाई जरिवाना सहित कार्वाही गर्न थालिएको छ । नगरपालिकामा मदिरा सेवन तथा विक्रि गरेको पाइएमा कडा कार्वाही गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।