बिमा रकम दोब्बर पाउने आशमा आफ्नै छोरीको हत्या

0
Shares

सञ्जय कार्की, रौतहट । तीन दिन अघि भएको बालिका हत्यामा उनकै बुवाको संलग्नता रहेको खुलेको छ । एक महिना अघि छोरीको बिमा गरेका मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ बर्षिय रामकिसोर यादवले बिमा बापतको रकम दोब्बर पाउने आशमा आफनै ४ बर्षिय छोरी लक्ष्मि राय यादबको हत्या गरेको खुलेको हो ।

उनले गत १७ गते छोरीको हत्या गरेर नजिकैको पानी पोखरीमा फालेको खुलेको हो । छोरी हराएको भन्दै खोजी गरिदिन उनले प्रहरी लाई आग्रह गरेका थिए । तर प्रहरी अनुसन्धान बाट पछि उनै पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार पक्राउ परेका यादब लाई प्रहरीले सार्बजनिक गरेको छ । गत जेष्ठ १९ गते यादवले गरुडमा रहेको प्रभु लाईफ ईनस्युरेन्स बाट छोरीको २५ लाखको जीबन बिमा गराएका थिए । त्यस बापत उनले बिमितको पौने दुई लाख बिमा कम्पनी लाई बुझाईसकेका थिए ।

प्रहरी नायब उपरिक्षक नबिन कार्कीले घटना रहश्यमय रहेको देखिएपछि सोही आधारमा अनुसन्धान गर्दा मृतक बालिकाको बुवानै पक्राउ परेको बताउनु भयो । बिमा गरेको एक महिनामै बिमितको निधन भएमा बिमा गरेको रकम दोब्बर पाउने आशमा उनले छोरीको हत्या गरेको बयान प्रहरी लाई दिएका छन । माओवादी युध्दकालको समयमा उनी ०५८ साल देखि ०६१ साल सम्ममा बिभिन्न मुध्दामा उनी तीन बर्ष जेल सजाय भोगिसकेका हुन । प्रहरी हिरासतमा रहेका उनीमाथि मुलुकी अपराध संहीता २०७४ को ज्यान कसुर सम्बन्धि मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक नविन कार्कीले बताउनु भयो ।