ब्याजको लोभ देखाउँदै कराडौँ रकम लिएर वेपत्ता

0
Shares

भद्रपुर । झापाका एक व्यक्ति करोडौँ रुपैयाँ लिएर वेपत्ता भएपछि लगानी कर्तामा खैलावैला मच्चिएको छ । ब्याजको लोभमा राता रात पैसा कमाउने सपनालाइ लिएर लाखौँ रुपैयाँ लगानी गरेका व्यत्तिहरुको रकम लिएर वेपत्ता भएका हुन् ।

सप्तरी दौलतपुर स्थायी ठेगना भइ हाल भद्रपुर १० धनुषमोड नजिकै बस्दै आएका ४५ वर्षिय राजकुमार राउत वेपत्ता भएको स्थानीयले जनाएका छन् । उनी एकहप्ता यताबाट परिवारको सम्पर्कमा नभएको पाइएको छ । झापाको विर्तामोड,भद्रपुर,चन्द्रगढी,गौरादह,उदयपुरको गाइघाट लगायतका स्थानबाट विभिन्न व्यत्ति,सुन व्यवसायी,यातायात व्यवसायी, सटही काउन्टर सञ्चालक,उद्योगी व्यापारी ,छिमेकी आफन्तजनबाट अनुमानित ५ कारोडभन्दा माथि रकम लिएर वेपत्ता भएको आरोप छ ।

उनले १ देखि २७ लाख रुपैयाँसम्म रकम सापटी लिएको देखिएको छ । जग्गा तथा सुनको कारोबार गर्दैछु रकम अपुग भयो भन्दै रकम लिने र केही दिनपछि ब्याज थपेर रकम दिने गरेकोले लगानी गरेको लगानी कर्ताको भनाइ छ । एकै घरका परिवारले राउतसँग छुट्टाछुट्टै कारोबार गरेको समेत पाइएको छ । शुरु– शुरुमा कारोबार राम्रै थियो, भनेकै दिन ब्याजसहित सावाँ पनि दिने गरेकोले रकम लगानी गरेको पीडितहरुको भनाइ छ । हालसम्म राउतलाइ रकम दिने २३ जना देखिएका छन् । अहिलेसम्म सवैभन्दा बढी रकम दिने गाइघाटका मान बहादुर कटवालले २७ लाख रुपैयाँ दिएको दाबी गरेका छन् । शुरुमा कतीपय लगानी कर्ताले रामै रकम कमाएको वताएका छन् भने पछिल्लो समय लगानीकर्ताको व्याज त के सावाँपनि डुबेको जनाएका छन् ।

गत शुक्रबार दिउँसो करिब २ बजे केही लगानी कर्ताले फोन गर्दा मोवाइल अफ भएको थियो । परिवारले पनि साझँमा फोन गर्दा अफ भएपछि सवैतिर आफन्तजन ,छिमेकीमा सम्पर्क गर्दा राउत फेला परेनन । रातभर मोवाइलमा सम्पर्क गर्दा नलागेपछि परिवार रातभर अनिदो नै भएको राउतकी श्रीमती सोभाले बताउँनुभयो । मोटरसाइकल भने चन्द्रगढीको वजाज सो रुममा फेला परेको छ । जब घरमा रकम दिने मान्छेको लाइन लाग्यो अनि मात्र श्रीमान्को कारोबार थाहा पाएको उहाँ बताउँनुहुन्छ । उहाँले मलाइ जग्गाको कारोबार गर्दैछु मात्र भन्नु भयो अरु विषयमा केही जानकारी नभएको उहााको भनाइ छ ।

श्रीमान् वेपत्ताको खबर पाएपछि छिमेकी लगायत अन्य ठाउँबाट पनि लाखौँ रकम दाइलाइ दिएका थियौँ भन्दै आउन थालेका छन् । राउतले तीनदिन पछि १८ लाख रुपैयाँ दिन्छु भनेपछि १५ लाखमा स्कार्पियो गाडी बचेर लगानी गरेको तर, भाका अगावै वेपत्ता भएपछि तनाव भएको चन्द्रगढीका एक व्यत्तिले नाम नछाप्ने शर्तमा बताउँनुभयो । उहाँसँग राम्रो सम्बन्ध भएकोले रकम दिएको उहाँको भनाइ छ । त्यसैगरि एकवर्ष सम्म सटहीको कारोबार गर्ने राउतले विहीबार ४ लाख रुपैयाँ मागेको तर,काउन्टर बन्द भइसकेकोले ३ लाख सापटी स्वरुप दिए । भाका अगावै राउत वेपत्ता भए उहाँले भन्नुभयो । अहिले दैनिक राउतको घरमा मानिसहरु आउन थालेका छन् ।

राउत वेपत्ता भएपछि तीनदिन अघि मङ्गलबार ९ जना लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । मानिसलाइ खोजेर छलफल गराइ सापटी रकम फिर्ता गराइ पाउनको लागि संयुत्तरुपमा उजुरी परेकोे जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।