जिप दुर्घटनामा परी दुई नेपालीको मृत्यु

0
Shares

किरन धामी, दार्चुला । पिथौरागढ जिल्ला धारचुला तहशिल अन्र्तगत दारमा सोवला स्थित जिप दुर्घटना हुँदा दुई नेपाली सहित एक भारतियको मृत्यु भएको भारतिय सुरक्षा स्रोत जनाएको छ । विहीबार दिउसो ३ बजेतिर भएको जिप दुर्घट्नामा परी थर र ठेगाना नखुलेका नेपालका भिम र मानसिंह बुढाथोकी रहेको स्रोतको जनाएको छ । युके ०६ सिबी ४१२४ नम्बरको जिप सडकबाट ८० मिटर तल धौलीगंगा नदिमा खसेको भारतिय सुरक्षा स्रोतले जनाएको छ ।

दुर्घट्नामा परी भारतको उतराखण्ड प्रदेशको उद्यम सिंह नगरका जिप चालक असोक कुमार थापाको समेत मृत्यु भएको स्रोतले जनाएको छ । चालक थापाको शव विहीबार राती नै धारचुला ल्याइएको तथा दुई जना नेपालीको शव जिप भित्रै नदिमा रहेको स्रोतको भनाई छ । नेपालीको शव तथा जिप निकाल्न शुक्रबार विहानै क्रेन घट्ना स्थल तर्फ गएको बुझिएको छ । घट्ना स्थल भारतिय बजार धारचुलाबाट ४५ किलोमिटर उत्तर तर्फ पर्दछ  ।