राजश्व चुहावटको आरोपमा केवल टिभीका संचालक पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
राजस्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले एउटा केवल संचालक कम्पनीमा शिलबन्दी गरेको छ । वीरगन्जको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा स्थानीय प्रशासनले छापामारी गरि शिलबन्दी गरेको हो ।

स्थानीय प्रशासनले प्रशारण संस्थाको कन्ट्रोल रुपममा शिलबन्दी गरि ७ वटा बैंकको चेक तथा अन्य कागजात समेत नियन्त्रणमा लिएको छ ।अनधिकृत रुपमा टिभीसेटअपबक्समा कार्ड नराखी बीरगंज भरी टिभी च्यानल प्रशारण गरि राजस्व चुहावट गरेकोले प्रशारण संस्थाका संचालक बिजेन्द्र प्रसाद चौरसिया,युवराज भट्टराई र दिनेश कुम्हाललाई फक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्सा अधिकृत भानुभक्त बरालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिए अधिकृत भानुभक्त बराल,जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल,आन्तरिक राजश्वकार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अजुन कुमार अधिकारीको सयुक्त टोलीले अवैध रुपमा केवुल प्रशारणको सूचना पाएको आधारमा छापामारी गरेको हो ।

१ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई लाखौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।