सुडान घोटाला प्रकरणः पूर्वआईजीपी चन्दले सर्वोच्चमा आत्मसमर्पण गरे


न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले बिहीबार सर्वाेच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरी फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका थिए ।

सर्वोच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।

राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको वन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदाललते प्रमाणित गरेको थियो ।