धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु, ३ घाइते


काठमाडौं ।
धादिङको ज्वालामुखी गाउँपालिका– ६ काउलेडाँडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका– ६ का ३६ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।

घाइते हुनेहरुमा ज्वालामुखी गाउँपालिका–६ कै २२ वर्षीया बिनु सुनार, उनकी २ वर्षीया छोरी कपिज सुनार र २५ वर्षीय दिवाकर ढकाल रहेका छन् ।

धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीवार दिउँसो कच्ची सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रक उकालो कच्ची सडक चढ्ने क्रममा ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइहेको प्रहरीले जनाएको छ ।