अत्याधुनिक हतियार र गोलीसहित विप्लवका कार्यकर्ता पक्राउ

0
Shares

काठमाडौं । संखुवासभामा अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निम दोर्जे तामाङ छन् । उनको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए ।