भिरबाट लडेर यार्सा संकलकको मृत्यु

0
Shares

किरन धामी, दार्चुला । दार्चुलामा भिरबाट लडेर यार्सा संकलकको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ३ कांटै घर भएका ४२ वर्षिय दमन सिंह कार्की र नौगाड गाउँपालिका वडा नम्बर २ पनखाया घर भएका ३५ वर्षिय शेर सिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

दमन सिंह कार्कीको यार्सा टिप्ने क्रममा अपिहिमाल गाउँपालिका १ र ३ को विचमा पर्ने बयली वनको भिरमा लडेर बुधबार घट्ना स्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो । यस्तै शेर सिंह ठगुन्नाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा पर्ने अन्नीखना वनमा यार्सा टिप्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

सो क्षेत्रमा सञ्चारको पहँुच नभएका कारण घट्ना घटेको जानकारी ढिलो गरी प्राप्त भएको उहाले बताउनु भयो । दार्चुलामा यार्सा संकलनका क्रममा भिरबाट लडेर वर्षेनी ४÷५ जनाको अकालमै ज्यान जाने गरेको छ ।