गाउँपालिकाद्वारा बृद्धबृद्धालाई रेडियो सेट र लठ्ठी वितरण

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले बृद्धहरुलाई रेडियो सेट र लठ्ठी वितरण गरेको छ । गाउँपालिका भित्रका ७ वटै वडामा रहेका २ सय जना बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनु भयो ।

बृद्ध अबस्थामा एक्लै बसेको बेला मनोरञ्जन र ज्ञानका कुराहरु सुन्नको लागि रेडियो सेट वितरण गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो । बृद्धहरु हिड्डुल गर्दा साहाराको लागि रेडियो सेटसँगै लठ्ठी बितरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

गाउँपालिकाले ७५ वर्ष माथीका बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गर्ने भएको छ । पहिलो चरणमा बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पोखरेल, उपाध्यक्ष शिबबहादुर खत्रीले २८ जना बृद्धालाई रेडियो सेट र लठ्ठी बितरण गरेका थिए ।

बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले बृद्ध अबस्थामा गाउँपालिका बृद्धहरुको लागि साहरा दिन्छ भन्ने सन्देश स्वरुप रेडियो सेट र लठ्ठी बितरण गरिएको बताउनु भयो ।