बेकरीज संघद्धारा आगलागी पीडित उद्योगलाई राहत रकम प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल । लुम्बिनी बेकरीज व्यवसायी संघ रुपन्देहीले आगलागीबाट क्षती ग्रस्त उद्योगलाई राहत स्वरुप सहयोग रकम प्रदान गरेको छ ।

उद्योग पुरी भैरहवामा संचालित न्यू क्रेजी फुड प्रोडक्टका प्रोप्राईटर आलोक सिंह राठौरलाई राहत स्वरुप एक समारोहका बीच विहिबार ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण समारोहमा संघका अध्यक्ष देवानन्द पाण्डे, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, उपाध्यक्ष हिमांशु शाक्य, महासचिव यादव गैरे लगायतले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको थियो । गत जेठ २३ गते राती १बजेको समयमा उद्योगमा आगो लागी भई ठूलो क्षति पुगेको थियो ।

संघका अध्यक्ष पाण्डेले उद्योगीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उद्योगीहरुसँग सहयोग रकम जुटाई संघ मार्पmत एकमुष्ट रकम हस्तारण गरिएको बताउनु भएको थियो ।