मगनको ‘रुम नम्बर ३’ सार्वजनिक


रजिन महर्जनले निर्देशन गरेको थ्रिलर विषयवस्तुमा आधारित लघु चलचित्र ‘रुम नम्बर ३’ सार्वजनिक गरिएको छ । आईतवार मगन युट्युब च्यानलबाट ‘रुम नम्बर ३’ सार्वजनिक गरिएको हो ।

रुम नम्बर ३ को कुरिनटारमा छायांकन गरिएको हो । यसमा रमेश लखाजु, रमनकृष्ण महर्जन र विक्रम महर्जनको अभिनय रहेको छ ।
पछिल्लो समय युट्युबमा फिचर लेन्थको फिल्म धेरै आएका छन् । तर, चार मिनेटको लघु चलचित्र हेर्दा दर्शकले नयाँ जानकारी पाउने विश्जास लिन सकिन्छ ।

थ्रिलर र अफ बिट विषयमा आधारित सामग्रीलाई जोड दिएर मगनले ‘रुम नम्बर ३’ निर्माण गरेका मगनका सञ्चालक पवन प्याकुरेलले बताए ।

हेर्नुहोस् पूरा भिडियोः