विराटनगरमा प्रादेशिक रोजगार मेला हुने

0
Shares

सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रथम प्रादेशिक रोजगार मेला विराटनगरमा आयोजना हुने भएको छ । प्रदेशको समृद्धिका लागि रोजगारी अभियान भन्ने मूल नाराका साथ यही असार २८ गतेका दिन जैन भवन विराटनगरमा रोजगार मेला आयोजना हुनेछ ।

विराटनगरमा पत्रकार सम्मेलन गरी मन्त्रालयले उक्त जानकारी दिइएको हो । प्रदेशस्तरमा पहिलोपटक सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ रोजगारदाता र श्रम गर्न चाहने जनशक्तिबीच प्रत्यक्ष भेट गराई अन्तरवार्ताका माध्यमबाट बिषयगत जनशक्ति छनौट गरी बेरोजगारी न्युनीकरण गर्ने उद्देश्यका साथ प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो ।

बेरोजगार अन्त्य गर्नु सरकारको पनि लक्ष्य रहेको बताउदै मन्त्री घिमिरेले प्रदेशका बेरोजगार र रोजगारदाता संस्थालाई २८ गते एकै ठाँउमा उपस्थित गराई निश्चित मापदण्ड पूरा गरेर रोजगारीका लथागि आवश्यक जनशक्तिको छनौट गरिने बताउनुभयो । उहाँले राजगारीका लागि छनौट भएकाहरुलाई मन्त्रालयले प्रमाणपत्र समेत वितरण गर्ने जानकारी दिनुभयो । रोजगारदाता र वेरोजगार जनशक्ति बिचको पुलको काम प्रदेश सरकारले गरेको मन्त्री घिमिरको भनाई थियो । प्रथम प्रादेशिक रोजगार मेलाबाट १ हजार २ सय जनाले वेरोजगारले रोजगार पाउने मन्त्रालयले अपेक्षा राखेको छ ।

प्रदेश सरकारले वेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरेको मन्त्री घिमिरेले बताउनुभयो । रोजगार मेलामा सहभागि हुने वेरोजगार जनशक्तिको लागि मन्त्रायले अनलाइन मार्फत पनि फारम भर्ने व्यवस्था मिलाएको छ । रोजगार मेलामा सहभागि हुनेहरूका लागि मन्त्रालयले असार १७ देखि २४ गते साझसम्म रोजगारी आवेदन फारम खुल्ला गरेको पनि जानकारी गराएको छ ।

रोजगारी आवेदन फारम भर्न प्रदेश १ मा रहेका प्रत्येक स्थानिय तहसँग समन्वय गरि रोजगार संयोजन मार्फत फारम भर्न मिल्ने मन्त्रालयले जनाएको छ । रोजगार मेला सम्पन्न गर्न २५ लाखको प्रस्तावित बजेट छुट्टयाइएको छ । रोजगार मेला सम्पन्न गर्न विभिन्न समिति बनाई कार्यहरु अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।