सडकमा पुरयाइएका १६ परिवारलाई १० धुर जग्गा उपलब्ध गराउन ११ दलको माग

14
Shares

यमलाल भुसाल, बुटवल । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबार बिहिन बनाएका नागरिकलाइ तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियासील ११ वटा दलले नगरपालिकासंग माग गरेका छन ।

नेपाली काँग्रेसका नगरसभापती खेलराज पाण्डे,जनमुक्तिका थर्कबहादुर बाह्रघरे मगर,समाजबादी पार्टी नेपालका अशोक बर्मा,नयाँ शक्तिका बामदेव भुसाल,राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज प्रताप खाँण,राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा लगायत सहभागी संयुक्त बैठकले नगरपालिकाले घरबास खोसेर सडकमा पुराइएका बिपन्न परिवारलाइ तत्काल उचित पुनस्र्थापना गर्न माग गरेको हो । संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाइ नगरपालिका भित्रै प्रति परिवार दश धुरका दरले जग्गा उपलब्ध गराइ पुनस्र्थापना गर्न माग गरेको हो ।

नगरबासीको गाँसबासको सुरक्षा गर्नु पर्ने नगरप्रमुखको दायित्वलाइ बिर्सेर मेयर शिवराज सुवेदीले बर्षौ देखि बस्दै आएका गरिब र विपन्न नागरिकको बस्तीमा एकाएक डोजर चलाउनु निन्दनीय कार्य भएको भन्दै त्यसप्रति घोर आपत्ती जनाइएको छ । संविधानको धारा ३५,३६ र ३७ को उल्लघन गरेको अरोप लगाउदै उनीहरुले संविधानको पालना गर्न मेयर सुवेदीलाइ आग्रह पनि गरेका छन ।

गत जेठ २९ गते बुटवल उपमहानगरले बुटवल १ को जामे मस्जिद अगाडी बस्दै आएका १६ घरपरिवारका गरिब र बिपन्न नागरिकका झुपडी ,घरमा डोजर लगाएर भत्काइदिएको थियो । घरबार बिहिन भएका पिडितहरुको अहिले सडकको बास भएको छ । २१ दिन देखि उनीहरु रिले अनसनमा बसीरहेका छन । तर नगरपालिकाले उनीहरुको मागका सम्बन्धमा कुनै चासो दिएको छैन ।