घाट जोगाउन कपालीहरु एकजुट


कपाली, कुश्ले, दर्शनधारी ।नेवार समुदायमा लास गाढेर अन्त्यष्टि गर्ने एक मात्र समुदाय, अहिले मसान संरक्षणमा लागेका छन् ।

‘हाम्रो समुदायको अन्त्येष्टि जलाएर होइन, पार्थिव शरीरलाई उत्तरपूर्व फर्काएर पलेटी कसेर ध्यानमुद्रामा बसाएर गाडिन्छ । त्यसका लागि हाम्रा पुर्खाले राज्यस“ग लालमोहर लगाएर समुदायको बसोबास रहेको स्थानका खोला किनारमा मसानघाटका लागि जग्गा पाएका थिए ।’ शङकरप्रसाद दर्शनधारीले भन्नुभयो ।

हाल आएर जग्गामा अनेक स्वार्थ बोकेका संस्था, व्यक्तिले आ“खा गाड्दा, घाटहरु अतिक्रमणमा परेपछि कपालीहरु घाट संरक्षणमा लागेका हुन् ।
कपाली समाजका पूर्व अध्यक्ष समेत रहनुभएका दर्शनधारीका अनुसार कपाली समुदायमा दा“त नउम्रिएका बालबालिकाबाहेकका व्यक्तिको निधन हु“दा पार्थिव शरीरलाई विधिवत शास्त्रको मन्त्रोचारणसहित झोली तुम्वासहित गाडिने परम्पराका कारण अन्त्येष्टिका लागि जग्गा धेरै चाहिन्थ्यो ।

यस समुदायले गोरखनाथलाई कुलदेवता मान्ने र विशेष पूजामा चक्र पुजा सम्पन्न गर्न निपुण मानिन्छ । यस समुदायको मृत्यु संस्कारको सम्मान गरी परापूर्वकालदेखि राज्यले प्रदान गरेको मसानघाट मिचिने क्रम तीव्र भएपछि समाजले सङ्गठित रूपमै आवाज उठाउन पहल गरेको कपाली समाजले जनाएको छ ।

कपाली समुदायको जनसङ्ख्या ज्यादै कम छ । नेपालभर काठमाडौं, भक्तपुर, ललितपुर, चित्लाङ, पोखरा, चितवन, धरान, धनकुटामा समेत करिब ३६ जिल्लामा फैलिएरपनि अत्यन्त थोरै जनसङ्ख्या रहेको छ । ‘हामी अहिले अल्पमतमा छौं । राज्यको कुनै पनि निकायमा हामी पुगेका छैनौ । यसैको फाईदा उठाउ“दै हाम्रो घाट समेत मिचिएका छन् । ’ उहा“ले भन्नुभयो ।

काठमाडौको धोवीचौर, कुश्लेचौरमा इन्द्रचोक खलक र किलागल खलकको मसानघाट बनाउने भनी समुदायले किनेरै जग्गा छुट्याएको कुरा त्यहा“ राखिएको शिलापत्रमा उल्लेख गरिएको छ । तर मसानघाटमा भने घरहरू ठडिएका छन्, टेकु पचलीघाटमा पनि पुल बनाउने, सडक बनाउने काममा कपाली समुदायको घाट मासिएका छन् । कीर्तिपुरमा पनि घाट मिचिएको छ । ‘देशभर नै समाजको घाट मिचिने क्रम जारी रहेकोले हामी चिन्तित छौं । ’दर्शनधारीले भन्नुभयो ।

कपाली समुदायको पशुपतिमा रहेको सात रोपनी मसानघाटको जग्गामा पशुपति विकास कोषले चार रोपनीमा सुमार्गी भवनसहित विद्युतीय शवदाहगृह निर्माण गरेको कपाली समाज देवपत्तन शाखाका प्रमुख रत्न कपालीले जानकारी दिनुभयो । उहाँले बा“की तीन रोपनी कपाली समुदायका लागि छुट्याउने कुरा गरेर त्यसको कार्यान्वयन नभएपछि समाजलाई अन्याय भएको उहा“को भनाई रहेको छ ।

त्यसैगरी समाजको गोकर्ण शाखा प्रमुख रत्न कुश्ले कपाली ले पुर्खाले लिएको लालमोहरको प्रमाण पनि प्राकृतिक प्रकोपलगायत विविध घटनामा परेर घर भत्किदा नामोनिसाना केही छैन । यस क्षेत्रका कपालीले प्रयोग गर्दै आएको घाट त भीरमै पुगेको छ । ‘त्यही नै भएपनि यसो बोर्ड राखेर तारवारले भएपनि बेरेका छौ“ । समुदायको साझा समस्या टुलुटुलु हेरेर नबसी छलफल गरी समाधानको गर्नुपर्दछ । ’ गोकर्ण शाखा प्रमुखे कपालीले भन्नुभयो ।

यसैबीच सुनिल कपालीको अध्यक्षतामा गठित समाजको केन्द्रीय कार्य समितिले शनिवार गोकर्ण सहिदपार्कमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो भोजमा सहभागी कपाली नेता, समाजसेवीहरूले समुदायको साझा समस्या अहिलेलाई मसानघाट मासिनु नै रहेको बताए। सो अवसरमा यसमा एकजुट भएर अन्य सामाजिक जागरूकताको कामसहित मसानघाट बचाउने काम अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

समाजका अध्यक्ष सुनिल कपालीले समुदायको साझा हितका लागि आफु सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो ।