अस्पताल बनाउने भन्दै डेढ करोड ठगी गर्ने गुण्डा नाइके लामा पक्राउ


न्युज अफ नेपाल, काठामडौँ ।
प्रहरीले अस्पताल बनाउने भन्दै डेढ करोड ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले मंगलबार काभ्रेली गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको हो ।

लामाले काभ्रेको तिमाल गाउँपालिकामा अस्पताल बनाउने भनी एक ताइवानी संस्थालाई डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।