रियल जुसमा लेदो फेला


पोखरा ।
पोखरामा रियल जुस भित्र लेदो भेटिएको छ । पृथ्वी चोकमा रहेको बाबा जुसमा विनोद खड्काले जुस पिउदा जुसमा लेदो फेला पार्नुभएको हो ।
ू मैले जुस पिउदा स्ट्रबाट कालो पदार्थ मुखमा आयो खोलेर हेर्दा भित्र लेदो देखियो ू खड्काले भन्नुभयो । एक लिटरको रियल जुसमा कालो देखिने लेदो भएटिएको हो । आफुलाइ निकै गर्मी भएपछी जुस मगाएको र खादा रियल जुसबाट निकै गन्ध आएको बताउनुभयो । ू हामिले मिति हेरेर दिएका थियौ, तर जुस अखाध रहेछ ू बाबा जुसका संचालक सन्तोष जसवालेले बताउनुभयो । एक लिटरको रियल जुसमा लेदो भेटिएको हो । जसवालका अनुसार पोखराका डिलरलाइ खबर गर्दा जुसको बट्टामा प्वाल परेको भन्दै फर्किएका छन । आम जनताको स्वास्थ माथी खेलवाड गर्ने कम्पनीलाई कर्वाही गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

अत्याधिक गर्मीको कारण पोखरामा पछिल्लो समय जुसको व्यापार बढ्दो छ । स्वास्थ्यको लागि समेत निकै फाइदाजनक मानिने जुसमा पटक पटक अखाद्य बस्तु भेटिदा समेत कर्वाही हुन सकेको छैन ।