चोरी मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ परि जेल चलान


न्युज अफ नेपाल, काठमाडौा ।
चोरी मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बारा जितपुरसिमरा–५ का बिरोधन हजराका छोरा सुरज पासवान रहेका छन् ।

पासवानलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई गत २०६८ साल चैत १६ गते बारा जिल्ला अदालतले चोरी मुद्दामा कैद तथा जरिवाना तोकेको थियो तर उनी हालसम्म फरार रहेका थिए । मंगलबार सोहि अदालतले पासवानलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पर्सा पठाएको छ ।