अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ


काठमाडौं ।
चन्द्रगिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १२.४० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बाहुनडाँगी बस्ने २० वर्षीय यमन रानामगर, बिर्तामोड नगरपालिका १ बस्ने २२ वर्षीय बिसाल लिम्बु र फिदिङ नगरपालिका(४ बस्ने २१ वर्षीया सुनिल देवान रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ आउदै गरेको ना ६ ख ४१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।