इट्टाभट्टाको पोखरीमा डुबेर दुई भाईको मृत्यु


तनहुँ ।
मंगलवार एकै परिवारका दुई भाईको इट्टाभट्टाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका कृष्णबहादुर शाहीका छोराहरु ४ वर्षीय किस्मत शाही र ७ वर्षीय सुन्दर शाही रहेका छन् ।

विद्यालयबाट घरतर्फ फर्किने क्रममा बाटो नजिकै रहेको माछापुच्छ्रे इट्टाभट्टाको लागि माटो खनेर बनेको पोखरीमा पौडी खेल्नेक्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत बालकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

घटना भए लगत्तै आफन्तजनले दमौली अस्पतालमा उपचारको लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनीहरु दुवैले सोही वडास्थित राधा माध्यमिक विद्यालयमा नर्सरी र केजीमा पढ्थे ।