अवैध रुपमा चन्दा संकलन गर्ने दुई जना पक्राउ


कास्की ।
पोखरा महानगरपालिका(२१ छुटेगौंडाबाट अवैध रुपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका १४ बस्ने २९ वर्षीय अमृत सापकोटा र पाल्पा राम्भा गाउँपालिका ७ जेकाम बस्ने ३५ वर्षीय बिशाल अछामी राना रहेका छन् ।

न्यायिक तथा अर्धन्यायिक निकायले गर्ने कामहरु गर्ने गराउने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सहयोगको लेटरप्याड, सहयोग रसिद ९ थान र नगद २६ हजार २ सय १० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।