सल्यानमा महिला हिंसाका घटनामा वृद्धि हुँदै


सरिता चलाउने, सल्यान ।
सल्यानमा पछिल्लो समयमा महिला हिंसाका घटनामा बृद्धि हुँदै गैरहेको एक तथ्याङकले देखाएको छ । जिल्लामा विगतका भन्दा अहिले महिला हिंसाका घटनामा उल्लेख्य बृद्धि हुदै गैरहेको पाइएको हो ।

ईन्सेक सल्यानले दिएको जानकारी अनुसार ६ महिनाको अबधीमा जिल्लामा बुहविवाहका घटना १३ वटा र घरेलु हिंसाका घटना २ गरी १५ वटा महिला हिंसा सम्बन्धीका घटनाहरु रहेका छन । यस्तै बलात्कार र बलात्कार प्रयासका घटना ५ वटा रहेका छन । बलात्कारकाका घटनामा परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको पाईएको छ । जसमा महिलाहरु नै बढि पिडित हुने गरेको पाईएको हो । बलात्कृत हुनेहरुमा १४ बर्षिय बालीका देखि बिधवा महिला समेत पिडित हुने गरेका छन ।

जिल्लामा बलात्कार, बलात्कारको प्रयास जस्ता महिला हिंसाका घटनामा उल्लेख्य मात्रामा बृद्धि भएको ईन्सेक सल्यानकी जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले जतिपनि बलात्कार र बलात्कार प्रयासका घटना भएका छन ति घटनाहरू आफन्त बाट र परिवारका सदस्यहरू बाट नै हुने गरेको पाईएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो जिल्लामा अहिले जति पनि घटना भएका छन सबै घटनामा महिला नै बढि पिडित हुने गरेको पाईएको छ, एक बर्षमा घटेका घटनाहरूलाई केलाउँदा घरपरिवार, आफन्तबाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको पाइयो, बुढाथोकीले भन्नु भयो । ईन्सेकको तथ्याङक अनुसार यो बितेको ६ महिनामा भएका बहुविवाहका घटनामा उलेख्य बृद्धि भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वितेको ६ महिनामा भएका मानवअधिकार उल्लंघनका घटनाहरु मगंबार सल्यानको खलंगामा सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ।
ईन्सेकले गरेको सार्बजनिक गरेको घटना मध्य २०१९ जनवरी अहिले सम्म, हत्यका घटना १ वटा, प्रक्राउका ६, बालअधिकारका ३ बिधालय बाटै बिधार्थि कुटपिट २,वालविवाहका २ जातिय बिभेदका २ वटा घटना रहेका छन । अधिकारका उपयोग गर्न जाने मात्र यस्तो हिंसाका घटनामा कमि आउने शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेतले बताउनु भयो । यस्ता हिंसाका घटना हुन नदिन ब्यापक रुपमा सचेतनाका कार्यक्रम गर्नुपर्ने देखिएको बताउनु भयो ।

प्रत्येक ठाउँमा आमा, बैनिहरुसमेत बलातकृत हुने गरेको पाईएकाले सबै आ आफनो क्षेत्र बाट जाग्ररुप हुनु पर्ने उहाँले बताउनु भयो ।
समाजमा मानबअधिकारको बारेमा बुझाउन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताउनु भयो । मानबअधिकारको बिषयमा आफु गम्भिर हुनका साथै महत्वपुर्ण भुमिका हुने बताउनु भयो । हिंसाका घटना कम गर्नको लागी सबैले आ आफ्नो ठाउँ बाट भुमिका खेलेर सचेत बनाउन आग्रह गर्नुभयो ।