जेष्ठ नागरिकका लागि दिवा सेवा संचालन


सरिता चलाउने सल्यान ।
सल्यानमा जेष्ठ नागरिकहरुको लागि दिवा सेवा संचालन गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको वडा नम्बर २ खलंगाको डाडागाउँमा जेष्ठ नागरिकको लागि दिवा सेवा संचालन गरिएको हो ।

डाडागाउँमा रहेको रामजानकी मन्दिरमा मगंलवार देखी जेष्ठ नागरिकको लागि दिवा सेवा संचालन गरिएको जेष्ठ नागरिक संघ सल्यानका अध्यक्ष कृष्ण उपाध्यायले बताउनुभयो । शारदा नगरपालिका सल्यानको आर्थिक सहयोग र शसस्त्र प्रहरी बल गुल्म सल्यानको सक्रियातामा जेष्ठ नागरिकहरुको लागि दिवा सेवा संचालन गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरुले दिन बिताउन गाह्रो भएकाले उनीहरुको सुख, दुखको कुरा साटासाट गर्ने सहज बनाउन उद्देश्यले दिवा सेवाको संचालन गरिएको उहाँले बताउनुभयो ।

अब देखि हरेक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म रामजानकी मन्दीर खुल्ला रहने शसस्त्र प्रहरी बल गुल्म सल्यानका प्रहरी प्रमुख बिमल डागीले बताउनु भयो । उहाँका अनुसार मन्दिरको ढोका खोल्ने र बन्द गर्ने सरसफाई गर्ने लगायतको काम शसस्त्र प्रहरीले गरिदिने बताउनु भयो ।

जेष्ठ नागरिकहरुले समाजमा ठुलो योगदान दिएकाले संस्कार सिकाउने पनि जेष्ठ नागरिकहरु नै भएकाले उनीहरुलाई हाैसला दिनुपर्ने बताउनुभयो । धेरै जेष्ठ नागरिकहरु वृद्ध आश्रममा राखिने चलन बढेकाले त्यसो हुन नदिन पनि दिवा सेवाले सहयोग पुग्ने बताउनुभयो । यो सेवा एक ठाउँमा मात्र नभएर जिल्लाभर नै लागु गर्नुपर्ने प्रमुख डाँगीले बताउनुभयो ।

धार्मिक विषयमा अहिलेको पुस्ताका आस्था घट्दै गैरहेकाले जेष्ठ नागरिकप्रति हेराई र बुझाइ फरक भएको बताउनुभयो । दिवा सेवाले आफुलाई दिन बिताउन सजिलो हुने उहाँले बताउनुभयो । शारदा नगरपालिका सल्यानले पनि जेष्ठ नागरिकहरुलाई प्राथामिकता दिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो । उहाँका अनुसार हालै सार्वजनिक गरेको निती तथा कार्यक्रममा साउन १ गते देखी लागु हुने गरी मासिक ३ सय रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । चाडपर्व खर्च पनि उपलब्ध गराउँदै आएकाले यस वर्षबाट गणेशमान स्वास्थ्य कार्यक्रम ल्याएको बताउनुभयो । अब देखी दिवा सेवामा आउने जेष्ठ नागरिकहरुका लागि नगरपालिकाले निःशुल्करुपमा चिया र खानेपानीको व्यवस्था गरिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो मानवीय विकास भयो भने मात्र सबै क्षेत्रको विकास हुन्छ, सबैले जेष्ठ नागरिकको हीत हुने काम गर्नुपर्छ । सबै जेष्ठ नागरिक हुने भएकाले नगरपालिकाका ४ सय ५८ टोहरुमा यो कार्यक्रम लागु गर्ने नगरप्रमुख अधिकारीले बताउनुभयो ।