दुर्गा बाबु स्मृति संगीत पुरस्कार पाण्डेलाई


काठमाडौँ ।
यस वर्षको दुर्गाबाबु स्मृति संगित पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत छात्र साइजित पाण्डेलार्इ प्रदान गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक स्व। दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित सो पुरस्कार सशस्त्र प्रहरी परिवार महिला संघको बार्षिक उत्सबको अबसर पारेर प्रत्येक बर्ष प्रदान गरिने सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

स्व. पाठकको संगित कलालाइ जिबन्त राख्न दुर्गा बाबु संगित स्मृति कोष मार्फत पुस्कार प्रदान गर्दै आएको थापाले बताए ।असार १७ गते सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं बार्षिकोत्सबको अबसरमा संघकी अध्यक्ष सरिता कणेल खनालले सो पुरस्कार प्रदान गर्नु भएको हो ।

संगितमा बिशेष रुची राख्ने स्व। पाठक गित रचना गर्ने , संगित दिने र गाउने समेत क्षमता राख्दथे । उनले दुइ वटा सोलो एल्बम समेत बजारमा ल्याइसकेका थिए । संगठनमा समेत अब्बल र सक्षम अधिकृत मानिने पाठकको कर्तव्य पालनाको शिलशिलामा २०७२ चैत २८ गते धादिङको मलेखुमा अकल्पनीय सडक दुर्घटनामा परि निधन भएको थियो ।