यथास्थितिमा निगमलाई सरकारले रकम नदिने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले व्यावसायिक योजना र नाफामा जाने ग्यारेन्टी गर्ने नसकेसम्म सरकारको कुनै पनि आर्थिक सहयोग नगर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको ६१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै निगमले नाफामा जाने व्यावसायिक योजना नल्याएसम्म सरकारले कुनै पनि आर्थिक लगानी नगर्ने बताउनु भएको हो ।
निगमले आन्तरिक सुधार गर्दै व्यावसायिक योजना ल्याउनुप¥यो प्रधानमन्त्री ओलीले भन्नुभयो–‘ निगमले नाफा आर्जन गर्न सक्छ, आन्तरिक स्रोतको सही उपयोग गर्दै व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ,’

निगमको ३७ अर्ब रुपिया“ ऋण रहेको भए तिर्न सरकार तयार रहेको तर व्यवस्थापनले उचित कार्यतालिका सरकारलाई बुझाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले ६१ वर्षसम्म निगम घाटामा गएको भन्दै अब सत्य र तथ्यपरक ढंगले व्यावसायिक योजना ल्याएर पैसा तिर्ने ग्यारेन्टी गरेपछि मात्र सरकारले आर्थिक सहयोग गर्ने उहा“ले उल्लेख गर्नुभयो ।

‘निगमको आन्तरिक सुधार, व्यवस्थापनको ध्यान मुनाफा आर्जन गर्ने दृष्टि केन्द्रित नभएसम्म निगमलाई खुरुखुरु आर्थिक लगानी गर्न मिल्दैन।’ निगमले पु“जी वृद्धिका लागि भन्दै सरकारस“ग २० अर्ब रुपिया“ माग गरेको छ । उहा“ले ‘अहिले ३७ अर्ब रुपिया“ माग भो अनि दियो फेरि अर्का साल सोही अनुपातमा माग गर्छ, यसरी सधै आर्थिक लगानी गर्ने नसकिने भएकाले निगम आफंैले विमान उडाएर व्यवसाय सञ्चालन गरी आम्दानी बढाउनुपर्छ ।’ यसो गर्दागर्दै पनि केही सुधार हुन सकेन भने निगमलाई डुब्नबाट जोगाउन सरकार का“ध थाप्न तयार रहेको प्रधानमन्त्रीको भनाइ छ ।

निगमको आर्थिक अवस्थाप्रति प्रधानमन्त्री ओलीले गुनासो गर्दै निगमले तत्काल आन्तरिक सुधार गर्नुपर्ने बताउनुभयो । यदी निगमले आन्तरिक सुधार गर्न सक्दैन भने सरकारले रणनीति साझेदार खोज्न बाध्य हुने बताउनुभयो ।‘निगमको व्यवस्थापन र सञ्चालनमा क्रमिक रुपमा नतिजामुखी सुधार आउनु प¥यो, यदी निगम आफैंले चलाउन नसके सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ सोही प्रशंगमा प्रधानमन्त्री ओलीको निगमलाई प्रश्न थियो–‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ? कि विमान निजी क्षेत्रको हातमा गएपछि ज्ञानी बन्छ? ’ उहा“ले निगम दान पुण्य गर्ने संस्था होइन, यो व्यापार गर्ने संस्था हो, आम्दानी गर्नुपर्छ, यसतर्फ निगमको ध्यानकर्षण गराउनुभयो ।

२६ मिनेटको सम्बोधनमा प्रधानमन्त्री ओलीले अधिकांश समय निगमको आन्तरिक सुधार र व्यावसायिता विकासमा लाग्न समय खर्चिनु भएको थियो । प्रधानमन्त्री ओलीले आपूmले नेपाली विमान कम्पनी युरोपको आकाशमा उडान गर्नको लागि बेलायत, फ्रान्सलगायतका मुलुकस“ग छलफल गरेको र सकरात्मक संकेत पाएको उल्लेख उल्लेख गर्नुभयो । विमान खरिद गरेर मात्र नहुने भएकाले उडान गर्ने गन्तव्य र उडान गर्ने पाइलटको पनि खरिद अगाडि नै तयारी गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव दिनुयो । उहा“ले वाइडबडीको गन्तव्य खोई? विमान ल्याउनुभन्दा पहिले नै योजना बनाएको खै? भन्दै निगमले जापानको ओसाका उडान गर्नुभन्दा नेपालको लागि नारिता उपयुक्त गन्तव्य भएकाले नारिता उडानको तयारी थाल्न निगमको ध्यानकर्षण गराउनुभएको छ ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल वायुसेवा निगमको बाह्य यात्रुको संख्यामा ६३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । २०७५ साउनदेखि २०७६ जेठसम्म अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रु ५ लाख ६९ हजार ७ सय ३४ पुगेको निगमले जनाएको छ । ६१औं वार्षिकोत्सवमा सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले २०७४ साउनदेखि २०७५ जेठसम्म यात्रुको संख्या ३ लाख ४८ हजार ५ सय २८ रहेकोमा सो संख्या यस वर्ष वृद्धि भएको बताउनुभयो ।