असार २२ गते नेपाल बन्दको घोषणा


न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी(नेकपा)ले असार २२ गते(आईतवार) नेपाल बन्दको आह्वान गरेको छ । भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै नेकपाले बन्द गर्ने घोषणा गरेको हो ।

नेकपाले हत्यारा फाशिष्ट प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरुको संयुक्त सरकारले जनाताको आँखामा छारो हाल्ने काम गरेको जनाएको छ । यस सरकारले कानुनलाई आफ्नो मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यवहार गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा सो दिन बन्दको उल्लघंन गरि प्रहरीको स्कटिङमा गाडि चलाउनेलाई भकारवाही गरिने जनाईएको छ ।