म्याजिक भ्यानलाई ट्रकको ठक्कर, तीन जनाको मृत्यु


सिरहा ।
पडरिया चोक नजिक सोमबार भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याजिक भ्यानलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।

पन्ध्र जनाभन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४५४ नंको म्याजिक भ्यान रोकेर यात्रु चढाउँदै गर्दा सोही दिशाबाट जाँदै गरेको ना८ख २४१५ नंको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

घटनामा पुरानो चोहर्वाका ४० वर्षीय गणपति महरा, सिरहा बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम तथा नाम र ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको भएको छ । घाइतेको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहको छ ।
रासस