रुकुममा जीप दुर्घटना, पाँच जना घाइते


धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसिकोट तर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रुकुम पुर्व स्थित सिस्ने गाँउपालिका वडा नं ६ को पाखागाँउमा गएराति १२ बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं ५ हुकामका १८ बर्षिय कोपीला बुढा, सोही ठाँउकी १७ महिनाकी सुहाना मगर, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० का २३ बर्षिय सुरेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ । यसै गरी रुकुम पुर्व पुथाउत्तरगंगा गाँउपालिका १० की २६ बर्षिया ललिता बुढामगर र सोही ठाँउकी २० बर्षिया सुस्मीता बुढामगर पनि घाइते हुनुभएको रुकुम पुर्व प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको छ । जिप सडकबाट १५ मिटर तल खसेको प्रहरीको भनाई छ । गाडी चालक आठबिसकोट नगरपालिका ११ का राजेन्द्र बि.कलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरिक्षक बिरबहादुर सुनारले बताउनुभयो ।