ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग


यमलाल भुसाल, बुटवल ।
ईट्टा उद्योगलाई प्रबिधि, वातावरणमैत्री र बालश्रममुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन । नेपालका अधिकांश ईट्टा उद्योगमा वाल श्रमिकको प्रयोग हुने गरेको छ भन्दै सरोकारवालाले वाल श्रममुक्त वनाउन जरुरी रहेका औल्याएका छन ।

रुपन्देहीको नयाँमिलमा सोमवार आयोजित श्रमिक मैत्री ईट्टा उद्योग, ईट्टा उद्योगमैत्री स्थानीय शासन र नीति बिषयक कार्यशाला गोष्ठिमा वोल्नेहरुले उद्योगलाई प्रबिधिमैत्री र बालश्रममुक्त वनाउन माग गरिएको हो । गोष्ठिको उदघाटन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले ईट्टा उद्योगलाई सहज रुपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री गिरीले वातावरण प्रदुषण र वाल श्रमरहित बनाउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक परे प्रदेश सरकारले तालिम चलाउन सक्ने बताउनु भयो । प्रदेश सभा सदस्य डा कृष्ण न्यौपानेले ईट्टा उद्योगलाई प्रबिधिमैत्री बनाएर बिकासको मुल आधाका रुपमा नै अघि बढाउनु पर्ने बताउनु भयो ।

अर्का प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले सरकारले स्पष्ट नीति नियम बनाएर उद्योगलाई बदलिदो परिस्थिति अनुसार चलाउनु पर्ने बताउनु भयो । कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले इट्टा उद्योलाई प्रदूषण र बाल श्रममुक्त बनाउन नगरपालिकाल जनचेतामूलक कार्यक्रम र उद्योगको पूर्वाधार बिकासका लागि उद्योगसम्म सडक पुर्याउने तथा जनशक्तिलाई तालिम उपलब्ध गराउने बताउनु भयो ।

सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव टिकाराम अर्यालले न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नाममा बाल श्रमिकको प्रयोग गर्ने प्रवृति रहेको बताउनु भयो । इट्टा उद्योग व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष थानेश्वर घिमिरेले ईट्टा उद्योग बिकास निर्माणदेखि बसोवास निर्माण हरेक क्षेत्रमा आवश्यक भएपनि सबैको निसानामा यिनै उद्योग पर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा उद्योगी डम्वर शर्माले नेपालमा इट्टा उद्योगको अवस्था समस्या सम्भावनाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।