श्रीनगर साँस्कृतिक डवली निर्माण हुँदै


पाल्पा ।
पाल्पामा रहेका ऐतिहासिक महत्वका क्षेत्र र पाल्पाको संस्कृति बारे पर्यटकहरुलाई जानकारी गराउने उद्देश्यले श्रीनगर साँस्कृतिक डवली निर्माण गरिने भएको छ ।

डवलीमा पाल्पाका धार्मिक तथा ऐतिहासिक क्षेत्र रानीमहल, ऋषिकेश, भैरव मन्दिर, भगवती मन्दिर, पाल्पा दरवार संग्रालय लगायका क्षेत्रको जानकारीका साथै पाल्पाका प्रशिद्ध संस्कृति कौडा नाँच, झाम्रे, ठूलो नाँच लगायत पर्यटकलाई दैनिक प्रस्तुति गरिने छ ।

तानसेनको वतासेडाँडामा रु ६ करोड ८२ लाख ५६ हजारको लागतमा निर्माण गरिने डवली दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । सो डवलीको सिलान्यास गर्दै ५ नं. प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री लीला गिरीले वर्तमान सरकारले समृद्धि प्राप्तिका लागि काम गरिरहेको बताउनुभयो । मन्त्री गरीले पाल्पामा धेरै ऐतिहासिक महत्वका सम्पदाहरु रहेको हुँदा त्यसको संरक्षण र जीणोद्धार गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

यस अवसरमा पाल्पाका वन अधिकृत मोहन पौडेलले पाल्पामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पाल्पाको पहिचान गराउन डवली निर्माण गर्न लागेको बताउनुभयो । पाल्पाको साँस्कृतिक महत्वलाई अझ व्यापक र विस्तार गरी जिल्लाको चिनारीलाइ देश विदेशमा पु¥याउन डवलीले महत्वपूर्ण भूमिका रहने सम्वद्ध पक्षले जनाएको छ ।