नवलपरासीबाट मोटरसाईकल चोरी दाङतिर फरार, एक जना पक्राऊ


नवलपरासी । प्रहरीले चोरीको मोटरसाईकलसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१५ का १७ वर्षीय को विनोद नेपाली रहेका छन् ।

नेपालीलाई नवलपरासी, गैंडाकोट नगरपालिका९२ बाट ना ६५ प ७७९४ नम्बरको पल्सर NS-२०० मोटर साईकल चोरी गरी ल्याईरहेको सूचनाका आधारमा दाङको घोराही–१५ तुलसीपुर चोकबाट शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) विनोद विक्रम शाहले बताउनुभयो । उहाँका अनुसार नेपालीलाई आवश्यक कारवाहीको ईलाका प्रशासन कार्यालय गैंडाकोट नवलपरासी पठाईएको छ ।