तीन सवारी एकैपटक ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते


सीताराम अधिकारी, धादिङ ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा न. ७ चरौँदी कृष्णभीरमा आज (आइतबार) तीन ओटा सवारी एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा न. २ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र नाम नखुलेकी एक महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

काठमाण्डौबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नंको बस र चितवनबाट काठमाण्डौ जाँदै गरेको बा ३ ख १००४ नं.को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो तिनओटा सवारी साधन एक आपसमा ठक्कर खाँदाभएको दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई सामान्य उपचार पछि राजमार्ग सामुदायिक अस्पतालबाट रिफर गरि ट्रमा सेन्टरमा पठाइएको छ । गजुरी अस्पतालमा ७ जना, चरौँँदी अस्पतालमा २ जना उपचाररत रहेका छन् । बाँकी यात्रुको उपचारपछि डिस्चार्ज गरिएको छ ।