व्यापार घाटा १२ खर्ब रुपियाँभन्दा बढी


नेपाल समाचारपत्र, काठमाडौं
चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब रुपिया“भन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म देशले १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपिया“ व्यापार घाटा पुगेको छ ।

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हु“दा प्रत्येक महिना व्यापार घाटा चुलि“दो रहेको छ । वैदेशिक व्यापारमा वृद्धि भएस“गै मुलुकको व्यापार घाटा पनि वृद्धि भएको हो । ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपिया“को वैदेशिक व्यापार भएको थियो । जसमध्ये ८७ अर्ब ८३ करोड ४९ लाख रुपिया“को मात्र निर्यात भएको छ ।

गत वर्षको सेही अवधिमा देशले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपिया“ व्यापार घाटा व्यहोरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ। भनसार विभागको तथ्याक अनुसार कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात भएको देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिका तुलनामा कुल वैदेशिक व्यापारमा आयात शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ भने निर्यात शून्य दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ ।

देशले छिमेकी मुलुक भारतस“ग मात्रै ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा व्यहोरेको छ। । भारतस“गको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपिया“ रहेको छ । गत आर्थिक वर्षमा भारतस“गको व्यापार घाटा करिब ६ खर्ब रुपिया“ बराबर मात्रै थियो। भारतबाट चालू आवमा ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपिया“को सामान आयात भएको छ ।

गत वर्ष सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपिया“बराबरको वस्तु निर्यात गरेको छ। यता चीनस“ग कुल व्यापार घाटाको १५ दशमलव २३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा चीनस“गको व्यापार घाटा १३ दशमलव ५७ प्रतिशत रहेको थियो।

चीनस“ग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपिया“बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपिया“ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपिया“ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरेको छ ।

कुल वैदेशिक व्यापारको ६४ दशमलव ७५ प्रतिशत भारतबाट मात्र आयात र निर्यातको ६४ लशमलव ४३ प्रतिशत पनि भारतमा रहेको छ ।
चालू आवको ११ महिनामा संयुक्त अरब इमिरेट्स नेपालस“ग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ। गतवर्ष तेस्रो स्थानमा भियतनाम थियो।

संयुक्त अरब इमिरेट्स ३२ अर्ब २८ करोड ३१ लाख रुपिया“ बराबरको आयात र ३१ करोड ९५ लाख ३३ हजार रुपिया“ बराबरको निर्यात हु“दा कुल ३१ अर्ब ९६ करोड ३६ रुपिया“ बराबर व्यापार घाटा देखिन्छ । वीरगन्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ७७ प्रतिशत आयात र २२ दशमलव शून्य ५ प्रतिशत निर्यात भएको छ । यो नाकाबाट ४ खर्ब ५१ अर्ब ९३ करोड ९० लाख रुपिया“ बराबरको आयात र १९ अर्ब ३६ करोड ९१ लाख ७० हजार रुपिया“ बराबरको निर्यात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट ३ खर्ब ७९ अर्ब ३७ करोड ६४ लाख रुपिया“ बराबरको आयात र १२ अर्ब ७२ करोड १६ लाख रुपिया“ बराबरको निर्यात भएको देखिन्छ। कुल वैदेशिक व्यापारमा ९३ दशमलव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात निर्यातमा भने विराटनगर सबैभन्दा ठूलो नाकाका रुपमा देखिएको छ। कुल निर्यातको २९ दशमलव ५२ प्रतिशत अर्थात २५ अर्ब ९३ करोड १५ लाख ८६ हजार रुपिया“बराबरको वस्तु यस नाकाबाट निर्यात भएको छ। विराटनगर नाका आयात गर्ने तेस्रो ठूलो नाका हो।

५ खर्ब ३७ अर्बको आयात गर्दा २२ अर्बको मात्रै निर्यात
कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज भन्सार कार्यालयको व्यापार घाटा उच्च रहेको छ । चालू आर्थिक वर्षको ११ महिनामा आयात र निर्यातबीचको फरक ५ खर्बभन्दा बढी पुगेपछि व्यापार घाटा उच्च भएको हो ।

वीरगन्ज भन्सारबाट जेठ मसान्तसम्ममा ५ खर्ब ३७ अर्ब ८७ करोडको मालसमान आयात भएको भने जम्मा २२ अर्ब ७४ करोड रुपिया“को सामानमात्रै निर्यात भएको छ । वीरगन्ज भन्सार हु“दै भारत तथा तेस्रो मुलुकबाट ठूलो परिमाणमा समान आयात हुने गरेको छ भने त्यसको तुलनामा निर्यात एकदमै कम हुन्छ ।

सडकमार्ग हु“दै आएका मालबाहक सवारी साधन वीरगन्ज भन्सार कार्यालय भएर आउने गरेका छन् । वीरगन्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको जेठ महिनामा ५१ अर्ब ७२ करोडको समान आयात भएको छ । यो आर्थिक वर्ष २०७४÷०७५ को भन्दा ४ दशमलव ३१ प्रतिशत अर्थात २ अर्ब ३३ करोडले कम हो ।

जेठ महिनासम्मको तथ्याङ्क हेर्दा भने आयातमा १५ प्रतिशतले वृद्धि भएको छ । २०७४÷७५ मा ४ खर्ब ६६ अर्ब ३ करोडको समान आयात भएको वीरगन्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ३७ अर्ब ८७ करोडको समान आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ । निर्यातमा भने ७२ दशमलव ५३ प्रतिशतले वृद्धि देखिएको छ । २०७४÷०७५ को ११ महिनामा १३ अर्ब १८ करोडको सामान निर्यात भएको थियो भने २०७५÷०७६ मा २२ अर्ब ७४ करोड मूल्य बराबरको समान निर्यात भएको छ ।

आयातको तुलनामा परिमाण निकै सानो भए पनि निर्याततर्फ भने ८९.२१ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको जेठ महिनामा १ अर्ब ३९ करोडको समान निर्यात भएकोमा चालु आर्थिक वर्षको जेठमा २ अर्ब ६३ करोडको समान निर्यात भएको छ । भन्सार नाका हु“दै तेल, फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस, जाम, खुदो, आल्मोनियम छड डन्डी, जमोठ कपडा, सीआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान निकासी हुने गरेका छन् ।