सरस्वती न्यौपाने रसुवा ।
जिल्ला को नौकुन्ड ५ भोर्लेमा पालिएको कुखुरा को नमुना परिण गर्दा बर्डफ्लु भेटिएको छ।
विगत दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँ मा पालिएको कुखुरा धमाधम मर्न थालेपछि नौकुन्ड गा,पा को पशुशेवा शाखा र भोर्ले पशुशेवा कार्यालय ले नमुना परिक्षण का लागि नुवाकोट लगिएपनि रोग पहिचान भएको थिएन।
रोग पत्ता नलागेपछि थप परिक्षणका लागि मङ्गलवार पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगि जाँच गर्दा पुष्टि भएको प्नाविधिक रामशरण न्यौपाने बताए ।
स्थानिय राजकुमार थिङ र बुद्वि बहादुर थिङ ले पालेको कुखुरा फर्मबाट नमुना जाँच गरिएको कुखुरामा एच ५ एन १ भेटिएको थियो ।।।।बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा छ को १२२ अनुसार पन्छि र पन्छिजन्य बस्तु नष्ट गर्ने बताईएको छ।
जिल्ला प्नशासन कार्यालय मा सोमवार साझ बैठ वसि सङ्कट ग्रस्त क्षेत्र धोषणा गरि चार किल्ला भित्रका कुखुराको खोर तथा नष्ट गरिएको स्थान हरूमा रोग फैलिन नदिन निसङ्क्रमण को व्यवस्था गर्न निर्देशन दिएको प्नमुख जिल्ला अधिकारी अर्जुन भण्डारी ले बताए।
प्रतिक्रिया