मौसम परिवर्तनसंगै बिरामीको संख्या ह्वात्तै बढ्यो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
मौसममा आएको परिवर्तनसंगै बैतडीमा बिरामीको संख्या पनि बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् । हाल बढीजसो ज्वरोको बिरामी उपचारका लागी आउने गरेका जिल्ला अस्पताल बैतडीका डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम सुरु भएसंगै बिरामीको संख्या बढेको उहाँको भनाई रहेको छ ।

बिरामीमध्ये बृद्धबृद्धा र बालबालिका बढी रहेका जिल्ला अस्पतालले जनाएको छ । मौसम परिवर्तनको समयमा भाइरसहरु बढी सक्रिय हुने भएकोले यो समयमा बिरामी बढेका डाक्टर विष्टको भनाई रहेको छ ।

धेरैजसो सक्रमण पानीका कारणले हुने गरेको बताईएको छ । सुरक्षित पानी पिउनाले पनि धेरै रोगको संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । सकेसम्म पानीलाई सुरक्षित गरी फिल्टर गरेर पिउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।