राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

0
Shares

गंगा बराल, काठमाडौं ।
सरकारले गुठी सम्बन्धी विधेयक २०७५ फिर्ता लिएको छ ।

भूमी , व्यवस्था , सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आज राष्ट्रियसभाको बैठकबाट विधेयक फिर्ता लिनुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकबाट विधेयक फिर्ता भएको हो । सरकारले राष्ट्रियसभाको विधेयक शाखामा विधेयक दर्ता गरेको थियो ।

विधेयकको विरोधमा आन्दोलन बढदै गएपछि मन्त्री अर्यालले गत मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने बताउनुभएको थियो ।

बुधबार आयोजना गरिएको विरोध र्याली र सभा पनि भएको थियो ।

आन्दोलनकारीले विधेयक खारेज गर्नुपर्ने माग गरेका छन् ।

यसबीचमा राष्ट्रियसभाको बैठक नबसेकाले विधेयक फिर्ता भएको थिएन ।