एसईईको नतिजा यसै साता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परिक्ष बोर्डले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको र असरा १४ गतेभित्र नतिजा प्रकाशित गर्ने जनाएको छ ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।