अर्घाखाँचीको दुई स्थानमा बम भेटियो

0
Shares

नेपाल समाचारपत्र, अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ ।

मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको टोलीले डिस्पोपोज गरेको छ ।

यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको प्रहरीले पुष्टि गरेको छ । डिस्पोजको लागि नेपाली सेना टोली पुगेको बताइएको छ ।