बन्दले पोखरा ठप्प, ठाउँठाउँमा बम भेटियो

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।

आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले पोखराको जनजीवन प्रभावित बनेको छ । पोखराका धेरै स्थानमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

सडक छेउ बिजुलिको पोल नजिकै रहेको शंकास्पद बस्तु सुतली बम हुन सक्ने प्रहरीले पुष्टि गरको छ । अहिले बन्दले पोखरा ठप्प बनेको छ । स्कुल, कलेज र सवारी सबै ठप्प छन् ।

प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चेलेका छ्न् ।