जावलाखेलको खेल मैदानमा प्रेसर कुकर बम फेला

0
Shares

उज्जोल डंगोल ललितपुर ।
ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । बन्दको घोषणा गरेका विप्लव समूहका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान डिस्पोज गरेको छ ।

सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।