उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी

0
Shares

नवलपरासी, नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।

राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।

मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।